काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थपिएकासहित हालसम्म नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । यस अवधिमा ६ सय ९७ जना निको भई घर फर्किएका छन् ।
हालसम्म ६४ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म ११ हजार २५ जना कोरोनाबाट निको भएका छन् । हालसम्म नेपालमा कुल २ लाख ९८ हजार बढीको पिसिआर परीक्षण भएको छ । विगत २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको मन्त्रलयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको मृत्यु भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।