बिहीबारदेखि निजी विद्यालयले अनलाइन कक्षा बन्द गर्ने, शिक्षक–कर्मचारीलाई बेतलबी बिदा

काठमाडौं– निजी स्कुल सञ्चालकले बिहीबारदेखि अनलाइन कक्षा बन्द गर्ने भएका छन् । निजी स्कुल सञ्चालकको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक बसेर यस्तो निर्णय गरेका हुन् । 

सरकारले आफूहरुको मागमा गम्भीर नबनेको आरोप लगाउँदै उनीहरुले साउन १ गतेदेखि नै लागू हुनेगरी सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेका छन् ।

उनीहरुले अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग गरेका थिए । साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने निजी विद्यालयको माग थियो । 

यसबारे उनीहरुले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई असार १४ गते ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयसँको वार्तापछि निजी विद्यालयले असार ३१ गतेसम्म पढाइ सञ्चालन गर्न सहमत भएका थिए ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १७:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया