काठमाडौं– बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
बुधबार थपिएकामध्ये धनकुटाका १, मोरङका १, ताप्लेजुङका १, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका १, काठमाडौँका ७, सिन्धुपाल्चोकका १, चितवनका ८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नवलपरासीका ११, रौतहटका ५, धादिङका १, पाल्पाका १, गोर्खाका १, कास्कीका ३, तनहुँका ३, म्याग्दीका ९, सल्यानका ५, अछामका १, दैलेखका ३, जाजरकोटका १,जुम्लाका २,मुगुका १, सुर्खेतका २८ र डडेलधुराका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोना निको भएर थप ६ सय ९७ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ११ हजार २५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।