साउने संक्रान्तिमा कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत– कर्णाली प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ । 

प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

प्रदेश सरकारले धान दिवसका दिन असार १५ र चैत १२ (जुम्लामा मात्र), साउने सङ्क्रान्ति तथा देउडापर्वको अवसरमा साउन १, प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र) असोज कृष्ण त्रयोदशी, माघे सङ्क्रान्ति माघ १, चैते दशैँ चैत शुक्लअष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १९:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया