बिहीबार विहान जब ट्विटरमा नयाँ पोस्टहरु देखिन थाल्यो, सबैले त्यसको ध्यान तान्यो । किनकि ट्विटरमा भेरिफाइड भएका एकाउन्टहरुबाट लगभग एकै प्रकारका ट्विटहरु आएका थिए ।
र, यसरी ट्विटहरु आएका थिए ठूला सेलेब्रिटीको एकाउन्टबाट ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामादेखि संसारकै सबैभन्दा धनी जेफ बेजोसको एकाउन्टमा देखिएको ट्विटरमा एउटा बिटक्वाइन एकाउन्टमा पैसा पठाउन उल्लेख गरिएको थियो ।
अनि वाचा गरिएको थियो– यो ३० मिनेटका लागि मात्र हो र जसले पैसा पठाउँछ उसले डबल पैसा पाउँछ ।
यो ह्याकमा संलग्न मानिएको एउटा बिटक्वाइन एकाउन्टले निमेषभरमै १ लाख १३ हजार अमेरिकी डलरभन्दा बढी कमाएको देखिएको छ । यसका लागि ३ सय २० भन्दा बढी ट्र्यान्ज्याक्सन भएको पनि देखिएको छ ।
यो घटनाबारे ट्विटरले छानबिन सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।