बाराक ओबामाको ट्विटर ह्याक्ड

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ट्विट ह्याक भएको छ । 

नेपालको समयअनुसार बिहीबार विहान साढे तीन बजे अन्य सेलेब्रिटीहरुको सँगै ओबामाको पनि ट्विटर ह्याक भएको हो । 

अन्य ह्याक भएका एकाउन्टजस्तै ओबामाको ट्विटरमा पनि एउटा बिटक्वाइन एकाउन्टमा पैसा पठाउन अनुरोध गरिएको थियो । ट्विटरले यो ट्विट तत्कालै हटाएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको ट्विटरले जनाएको छ । 

बिहीबार ट्विटर इतिहासमै सबैभन्दा ठूलो ह्याकको सामाना गरिएको छ । ओबामाको सँगै जेफ बेजोस, बिल गेट्स, इलन मस्क तथा एप्पलको पनि ट्विटर ह्याक भएको थियो । 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार ३:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया