बिहीबार विहान नेपाली समयअनुसार भएको ट्विटर ह्याक प्रकरणमा अमेरिकी डेमोक्रेटका सम्भावित राष्ट्रपतीय उम्मेदवार जो वाइडेन पनि शिकार भएका छन् ।
बिल गेट्स, बाराक ओबामा, जेफ बेजोस, वारेन बफेटसँगै जो वाइडेनको पनि ट्विटर ह्याक भएको थियो ।
ह्याक भएलगत्तै वाइडेनको ट्विटर एकाउन्टबाट पनि बिटक्वाइन एकाउन्टमा पैसा पठाउन अनुरोध गरिएको थियो । ३० मिनेटका लागि लागु हुने भनिएको यो योजनामा वाइडेनको ट्विटरमा पनि दोब्बर पैसा फिर्ता गर्ने दाबी गरिएको थियो ।
‘यो हामीले गरेको ट्विट होइन,’ वाइडेनका सहयोगीले सिएनएनलाई बताएका छन्, ‘अब हामी ट्विटरसँग सम्पर्कमा रहेका छौँ र हाम्रो एकाउन्ट अहिले तत्कालका लागि बन्द गरिएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।