तीन हजारको कोरोना परीक्षण गर्दा तीनजनाको मात्रै पोजेटिभ, परीक्षण दर घटाइयो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएका कारण परीक्षण पनि कम गरेको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पिसिआर परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए । बिहीबारको नियमित प्रेस ब्रिफिङमा उनले सो जानकारी दिएका हुन् । 

हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पिसिआर जाँच हुँदै आएको छ । नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको गौतमले बताए ।  

 उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।

यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनले बताए ।





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १७:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया