राखेप सदस्यसचिवका लागि २७ जनाको दरखास्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव बन्नका लागि २७ जनाले दरखास्त दिएका छन् ।

आवेदनको अन्तिम दिन आज सम्म ३ महिलासहित २७ जनाले आवेदन दिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । आवेदन असार २६ गतेबाट १ हप्ताका लागि खोलिएको थियो ।

आवेदन दिनेमा निवर्तमान सदस्यसचिव रमेशराज सिलवाल, महिला भलिबल टिमकी पूर्वकप्तान अन्जु श्रेष्ठलगायत छन् । 

मन्त्रालयले इच्छुक व्यक्तिहरुलाई आफैँ उपस्थित वा इमेलमार्फत आवेदन भर्ने व्यवस्था गरेको थियो । 

नयाँ नियमअनुसार राखेपको सदस्यसचिव बन्नका लागि नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको कम्तीमा पनि ५ वर्ष खेलकुदको क्षेत्रमा अनुभव भएको तथा प्रचलित कानुनले अयोग्य नभनेको हुनुपर्ने प्रावधान राखिएको छ । 

अबको एक साताभित्र यी सबै प्रावधान पुगेकामध्ये एक महिलासहित ३ जनाको राम प्रसाद थपलिया संयोजक रहेको सिफारिस समितिले मान्त्रालयमा पठाउनेछ र तिनै तीनजनामध्ये एकजना राखेपको सदस्यसचिव बन्नेछन् ।



राखेपको इतिहासमा खुला प्रतिस्पर्धाबाट सदस्यसचिवको छनोट गर्न लागिएको यो पहिलोपटक हो । यसअघि सरकारको सिफारिसमा सदस्यसचिव बन्ने प्रावधान थियो । 

यस्तो छ राखेपको सदस्य सचिव बन्नका लागि आवेदन दिनेहरुको सूची 



रमेश सिलवाल

मेघराज पौडेल

लिलबहादुर थापामगर

रोशन महर्जन

अनिल अधिकारी 

हर्कबहादुर राई 

मिना श्रेष्ठ 

शिवराज भट्ट 

रवि राजकर्णिकार 

अचुतम लामिछाने 

निलम सिंह बज्राचार्य 

रामेश्वर श्रेष्ठ 

अच्युत खनाल 

मनबहादुर गुरुङ 

विजयकुमार राई 

सानुराजा केसी

किशोर शाही 

अन्जु श्रेष्ठ 

सुदिल शाही 

रमेशमान डंगोल 

ध्रुवराज न्यौपाने 

खेमराज अधिकारी 

राम पुडासैनी 

सुनिल नकर्मी 

रणबहादुर चन्द 

दिपेन्द्र ढकाल

तेजबहादुर गुरुङ 

  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १९:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया