दाहाल–नेपाल समूहको निष्कर्ष : तत्काल केन्द्रीय समितिको बैठक बोलाउने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ता निष्कर्षविहीन भएपछि बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको दाहाल–नेपाल समूहको भेलाले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

खुमलटार भेलामा दाहाल र नेपालका साथै सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल भेला भएका थिए ।

दाहाल र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेको तर ओलीले त्यसलाई अस्वीकार गरेपछि असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बोलाउने निष्कर्ष निकालेको हो । 

यत, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकटका नेताहरुसँग बालुवाटारमा रणनीतिक बैठक गरेका छन् । सो बैठकको निष्कर्ष बाहिर आइसकेको छैन । 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार २१:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया