पहिराेले पुरिँदा कास्कीमा एकै परिवारका ३ जनाकाे मृत्यु

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर शुक्रवार बिहान कास्कीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ खोराकोमुखस्थित प्रेम विकको घरमाथिबाट आएको पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

मृत्यु हुने तीनै जना विकका नातीनातिना  हुन् । पहिरोमा परी मृत्यु हुनेहरुमा १४ वर्षका समीर विक, १६ वर्षका रोजिना विक र १६ वर्षका कुशल विक  छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  पहिरोले विकको घरको १ कोठा समेत पुरेको छ ।

पहिरो गएकाे समयमा घरमा ६ जना थिए  । तर तीन जना सकुसल छन् । स्थानिय र प्रहरी टोलीले घटनास्थलबाट शव बाहिर निकालेको डिएसपी हमालले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार १०:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया