इन्जिनियर मृत्युको विरोधमा जनकपुरमा खानेपानीमन्त्रीको पुत्ला जलाइयो

जनकपुरधाम– मेलम्ची खानेपानीको सुरुङ निरीक्षण गर्ने क्रममा २५ वर्षीय इन्जिनियर सतीश गोइतको मृत्यु भएपछि जनकपुरमा खानेपानीमन्त्री बिना मगरको पुत्ला जलाइएको छ । मृतक गोइत जनकपुरका बासिन्दा हुन् । 

मेलम्ची निर्माण कमसल भएर इन्जिनियर गोइतको ज्यान गएको भन्दै जनकपुरधामका युवाहरूले मन्त्री मगरको राजीनामा माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन । गोइत मंगलबार बेपत्ता भएका थिए भने बुधबार उनको शव फेला परेको थियो । 

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेका कारण सुरुङ कमजोर भएको र भासिएर इन्जिनियर गोइतको मृत्यु भएको भन्दै युवाहरुले मन्त्रीको पुत्ला जलाएका हुन् । सरकारी योजनामा इन्जिनियरको मृत्यु हुँदा संघीय सरकारले अहिलेसम्म केही नबोल्नु दुःखद् रहेको उनीहरूको भनाइ छ । 

उनीहरुले मेलम्ची खानेपानी आयोजनामा कार्यरत इन्जिनियर गोइतलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । साथै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

प्रदर्शनकारीले गोइतलाई न्याय दिलाउन आइतबार प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने जनाएका छन् ।





  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार २०:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया