पूर्वएआइजीको टिप्पणी– प्रधानमन्त्रीको धार्मिक यात्रा होलीवाइनदेखि श्रीरामको नागरिकतासम्म

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मस्थानको विषयमा दिएको अभिव्यक्तिको आलोचना गर्दै एक पूर्वएआइजीले कडा टिप्पणी गरेका छन् । पूर्वएआइजी देवेन्द्र सुवेदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमबाट सर्वसाधारण दिग्भ्रमित भइरहेको टिप्पणी गरेका हुन् । 

ओलीको होलीवाइनदेखि सुरु भएको धार्मिक यात्रा श्रीरामको नागरिकता यकिन गर्ने प्रयत्नसम्म आइपुगेको बताएक छन् । उनका यस्ता असंंगत चित्रहरुबाट दिग्भ्रमित भइसक्दा पनि सर्वसाधारण नेपाली निरन्तर गौरवान्वित हुन सकेको सुवेदीको टिप्पणी छ । 

उनले लेखेका छन्– येशु ख्रिष्टको छोरी घोषणा गर्ने होली वाईनको राजकीय समारोहबाट सुरु भएको हाम्रा प्रधानमन्त्रीको धार्मिक यात्रा श्रीरामको नागरिकता यकिन गर्ने प्रयत्नसम्म आइपुग्दासम्मका असंगत चित्रहरुबाट दिग्भ्रमित भइसक्दा पनि निरन्तर गौरवान्वित हुन सक्ने हामी सार्वभौम रैतीहरु ।





  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार २१:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया