नेकपा सचिवालय बैठक आज बस्दै
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक बस्न लागेको हो ।

केही समय यता नेकपा चरम विवादमा फसेको छ । सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको हो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका छन् । तर, ओलीले मानेका छैनन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको छलफल भएको थियो । जसअनुसार यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो ।

बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो । तर, उनीहरु कुनै निष्कर्षमा पुग्न सकेनन् । 





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार ९:४८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया