सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्ने क्रम जारी छ । जसका कारण सडक अवरुद्ध भइरहने गर्छ ।
यसैबीच, गएराति पनि पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकाे अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो पन्छाउन बुटवल र पाल्पातर्फबाट जसिबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।