नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले अब पार्टीमा र पछिल्लो विचार पद्धतिमा परिवर्तन ल्याउनु पर्ने बताएका छन् । यसका लागि सबैभन्दा पहिलो स्टेप भनेको पार्टीमा गुटमा नलाग्नु भएको उनको ठहर छ । उनले पार्टीका कार्यकर्तालाई अबको महाधिवेशनमा कसैको गुटमा नलाग्न बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा पौडेलले अब देउवा वा पौडेलको पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।
‘अब प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौँ,’ उनले भने, ‘तपाईंहरुले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस् ।’
अबको समयमा भनेको गुटगत राजनीतिमा रमाउने समय नभएको उनले बताएका छन् ।
उनले कांग्रेसले गत निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको र अब जनतामा गएको गलत सन्देशलाई चिरेर नेपाली कांग्रेस अगाडि बढ्नु पर्ने बताएका छन् । कांग्रेसबारे भ्रम जनतामा गएकोमा त्यसलाई चिर्नु आजको आवश्यकता भएको पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।