फेसबुकले सुरु गर्यो म्यासेन्जरमा स्क्रिन सेयर गर्ने सुविधा

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।    

    

मोवाइल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सेयर गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोेएड र आईओएस मोबाइलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।     

    

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्ति बीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ । अहिले फेसबुक एपमा प्रयोगकर्ताहरूले सामुहिक कुराकानीमा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ ।     

    



कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि बताएको छ ।    

    



यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुु पर्नेछ । स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ ।

  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १४:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया