इन्टरनेट सेवाप्रदायकले अवरुद्ध सेवा समयमै मर्मत नगरे ग्राहकलाई सेवा शुल्क छूट दिनुपर्ने भएको छ । इन्टरनेट सेवा सञ्चालनसम्बन्धी विनियमावली जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ व्यवस्था लागु गरेको हो । नयाँ व्यवस्थाअनुसार सेवाप्रदायकले तोकिएबमोजिम सेवा दिन नसकेमा प्राधिकरणमा उजुरी दिन सकिने व्यवस्थासमेत गरिएको छ ।
नियमनकारी निकायले गरेको नयाँ व्यवस्थाअनुसार इन्टरनेट सेवाप्रदायक कम्पनीले सेवाग्राहीसँग २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी ग्राहकसँग सम्झौता गर्नुपर्नेछ । इन्टरनेट तथा इमेल सेवा अवरुद्ध भएमा सूचना प्राप्त भएको २४ घण्टाभित्र मर्मत गर्नुपर्नेछ । यसरी निर्धारित समयभित्र मर्मत गर्न नसकेमा ग्राहकलाई मर्मत गर्न नसकिएको अवधिभरको सेवा शुल्क छुट दिनुपर्ने व्यवस्था विनियमावलीमा राखिएको छ ।
साथै, प्राविधिक कारण वा मर्मतका कारण सेवा अवरुद्ध हुने भएमा सेवाप्रदायकले तीन दिन अगावै ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।