वाराणसीमा मुन्डन भएका व्यक्ति भारतीय नै भएको पुष्टि

उत्तर प्रदेशको वाराणसीमा मुन्डन गरिएका भनिएका व्यक्ति नेपाली नभएर भारतीय नै भएको खुलासा भएको छ । भारतीय मिडिया न्युज १८ का अनुसार भिडियोमा मुन्डन भएका युवालाई यसअघि नेपाली भनिए पनि भारतीय नै भएको खुलेको हो । 

यसअघि यी युवा नेपाली भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको रामको जन्मबारे नयाँ अभिव्यक्ति आएपछि उनीमाथि भारतीयले यस्तो गरेको आरोप लगाएका थिए । तर, प्रहरीले उनलाई हिरासतमा लिएर सोधपुछ गर्दा उनले आफ्नो नाम धर्मेन्द्र सिंह भएको र एक साडी दोकानमा काम गर्ने बताएका छन् । 

लकडाउनका कारण आर्थिक अभावमा एक हजार रुपैयाँ लिएर आफूले भिडियो बनाउन दिएको पनि उनले बताएका छन् ।

उनको बयानपछि भारतीय प्रहरीले अब विश्व हिन्दू सेनाका संस्थापक तथा मुख्य आरोपी अरुण पाठकको खोजी गरिरहेको छ । अरुण र विश्व हिन्दु सेनाका अन्यविरुद्ध प्रहरीमा उजुरी पनि परेको छ । 

यो घटनामा प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरिसकेको छ ।

यसअघि विश्व हिन्दु सेनाले सामाजिक सन्जालमा यी व्यक्तिको भिडियो सार्वजनिक गर्दै नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे थप भ्रामक अभिव्यक्ति दिएमा बनारसमा रहेका नेपाली नागरिकमाथि यस्तै गर्ने चेतावनी पनि दिएको थियो ।





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १९:१०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया