'ओलीले प्रचण्डलाई महाधिवेशन नामको नयाँ थाङ्नो दिए' : संग्रौला

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली महाधिवेशन छिट्टै गर्ने प्रस्ताव गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ थाङ्नो दिएको बताएका छन् ।

नेकपा विवादपछि प्रचण्ड थाङ्नामा सुतेको भन्ने केही बिज्ञको भनाइ आएको थियो । त्यसैप्रति लक्षित गर्दैै संग्रौलाले यस्तो बताएका हुन् ।

आज बिहान ट्विट गर्दै संग्रौलाले प्रचण्डलाई थाङ्नामा सुत्ने नसा लागेको बताएका छन् । त्यही बानी थाहा पाएर  ओलीले आफूसँग भएका धेरै थाङ्नामध्ये महाधिवेशन नामको थाङ्नो प्रचण्डलाई दिएको उनको भनाइ छ ।

ओलीले दिएको त्यही थाङ्नोबाट मख्ख भएर अब प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई त्याग्ने संग्रौलाको भनाइ छ । 

‘जुँगामुठे उमेरमा थाङ्नामा सुत्ने नशा लागेपछि पलपल सुतुँसुतुँ लागिरहने । केपीसँग वैकल्पिक थाङ्नाको डङ्गुर छ, पिके थाङ्ना फेरीफेरी सुत्न पाएर मखलेल छन् । केपीले पिकेलाई मंसिरमा महाधिवेशन नामको नयाँ थाङ्नो दिने प्रस्ताव गरेछन्’, उनले लेखेका छन्, ‘अब पिके सदाझैँ माधव–झलनाथ–वामदेवलाई त्यागेर थाङ्नो त रोज्लान् !’




 



  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार ९:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया