सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यलाई खुमलटारमा आज ब्रिफिङ गरेका छन् ।
बिहान करिब १० बजेदेखि सुरु भएको छलफलमा पाँचजना सचिवालय सदस्य तथा केही स्थायी कमिटी सदस्य सहभागी भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
छलफलमा अध्यक्ष प्रचण्डले शनिबार राष्ट्रपति र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग भएको छुट्टै छलफलबारे ब्रिफिङ गरेका छन् ।
छलफलमा नेकपा सचिवालय सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा स्थायी कमिटी सदस्य उपस्थित छन् ।
छलफलमा वरिष्ठ नेता नेपालले प्रचण्डसाग असन्तुष्टि जनाएका छन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राखेको महाधिवेशन आगामी मंसिरमा सार्ने प्रस्तावको विपक्षमा नेपाल रहेका छन् । उनले त्यही असन्तुष्टि पाखेको बताइएको छ ।
अध्यक्ष ओलीले महाधिवेशनको प्रस्तावमा वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने असहमति राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।