आइतबार यसकारण सुनुवाइ भएन सरिता गिरीको मुद्दा

काठमाडौं– पार्टीले सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासन गरेपछि अदालत गएकी तत्कालीन समाजवादी पार्टीकी नेतृ सरिता गिरीले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ आइतबार रोकिएको छ ।

यसअघि सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएर छलफल गराउन आवश्यक देखिएको भन्दै आइतबारका लागि वादी–प्रतिवादीलाई अदालतमा उपस्थित हुन असार ३० गते अन्तरिम आदेश दिएको थियो । तर, आइतबार छलफल हुन नसकेको सर्वोच्चले जनाएको छ ।

अदालतले न्यायाधीश हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकेको भए पनि अहिले  ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

यसअघि न्यायाधीश कार्कीले कानुन व्यवसायीका रुपमा काम गर्दा गिरीका पक्षमा बहस पैरवी गरेका थिए । त्यसैले उनले रिट निवेदनको सुनुवाइ गर्न अस्वीकार गरेको सर्वोच्च स्रोतले जानकारी दिएको छ । 

आफन्त र चिनजानको व्यक्तिको मुद्दा न्यायाधीशले हेर्न नमिल्ने कानुनी व्यवस्था छ । सोही कारण आइतबार सुनुवाइ नभएको सर्वोच्च स्रोतको भनाइ छ । 





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १७:३४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया