यस्ता छन् सन्दीप महङ्गो मूल्यमा अनुबन्ध भएका विदेशी लिग

नेपाली युवा क्रिकेटर युवा लेग स्पिनर सन्दीप लामिछानेले विश्वका प्रायः सबैजसो ठूला विदेशी लिग खेलिसकेका छन् । खेलेका सबै लिगमा उनले आप्mनो राम्रो छाप पनि छाडेका छन् ।

सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल)मार्फत अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा डेब्यु गरेका सन्दीपले पछिल्ला दुई वर्षमा विश्वका प्रमुख फ्रेन्चाइज लिगमा आप्mनो सहभागिता जनाइसकेका छन् । लेग स्पिनर सन्दीपलाई २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्स (डिल्ली क्यापिटल्स)ले भारु २० लाखमा अनुबन्ध गरेको थियो ।

पछिल्लो समयमा भने सन्दीप राम्रो मूल्यमा विभिन्न लिगमा अनुबन्धित हुँदै आएका छन् ।  सन्दीप महङ्गो मूल्यमा अनुबन्धित भएका केही विदेशी फ्रेन्चाइज लिग यस्ता छन् ।

पिएसएल – ०१९ (६५ हजार अमेरिकी डलर)

सन्दीपले पाकिस्तान सुपर लिग (पिएसएल)मा लाहोर कलन्दर्सबाट खेलेका थिए । लिगमा ७ खेल खेलेका उनले ११ विकेट हात पारे । लिगमा सन्दीपको उत्कृष्ट बलिङ्ग १० रन दिएर ४ विकेट हात पार्नु थियो ।

सिपिएल – ०१९ (७० हजार अमेरिकी डलर)



क्यारेबियन प्रिमियर लिग (सिपिएल)को दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका सन्दीपले ६ खेलबाट ८ विकेट हात पारेका थिए । लिगमा २२ रन दिएर ३ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन थियो ।

बिग बास– ०१९–२० (७० हजार अमेरिकी डलरभन्दा बढी)



सन्दीपले  बिग बास लिगमा दोस्रो सिजन मेलवर्न स्टार्सका लागि खेल्दा कति रकम पाए भन्ने खुलाइएको छैन । तर उनले ७० हजार अमेरिकी डलरभन्दा बढी रकम पाएको अनुमान गरिएको छ ।

पहिलो सिजनमा ६० हजार अमेरिकी डलरमा अनुबन्ध भएका सन्दीपले दोस्रो सिजनमा त्योभन्दा बढी पारिश्रमिक पाएका थिए ।​ सन्दीपले लिगमा १३ खेल खेल्दा १५ विकेट हात पारेका थिए । उनको उत्कृष्ट प्रदर्शन २६ रन दिएर ३ विकेट हात पार्नु थियो ।

सिपिएल – ०२० (९० हजार अमेरिकी डलर)

आगामि अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने सिपिएलमा सन्दीपलाई जमैका तलावाजले मोटो रकम खर्चिएर अनुबन्धन गरेको छ ।

द हन्ड्रेड – ०२१ (१ लाख पाउण्ड)

१७ जुलाईदेखि १५ अगस्टसम्म तय भएको द हन्ड्रेड प्रतियोगिता अर्को वर्षका लागि सरेको छ । इङ्गल्याण्डमा हुन लागेको १०० बलको यो प्रतियोगिता सन्दीपले सबैभन्दा बढी मूल्य पाएको फ्रेन्चाइज लिग हो । उनी ओभल इन्भिनसिभल्समा आबद्ध भएका छन् । 
 

  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार १४:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया