काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका १८६ जनासहित कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १८ हजार हाराहारी पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीमा ६, झापामा ३, इलाममा १, मोरङमा १, सिराहामा १, सप्तरीमा ९, धनुषामा २, पर्सामा ४, बारामा ४६ जना थपिएका छन् ।
त्यसैगरी, काठमाडौंमा २, सर्लाहीमा २३, सोलुखुम्बुमा ४, ललितपुरमा १, कास्कीमा ८, लमजुङमा १, तनहुँमा २, स्याङजामा १, बाँकेमा २, रोल्पामा ४, सल्यानमा ३, रुकुममा ७, दाङमा ६, दैलेखमा २, सुर्खेतमा ४, हुम्लामा १, कालिकोटमा १, कैलालीमा १ तथा डोटीमा ४० जना संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ८६८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस संक्रमण निको भएर थप १७३ जना डिस्चार्ज भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।