छिटो सगरमाथा चढेर गिनिज बुकमा नाम लेखाइन् गोरखाकी फुन्जोले

गोरखा– गोरखाकी फुञ्जो झाङ्मु लामाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छन् । उनी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारकी हुन् ।

उनले सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी हुन् । उनले ३९ घण्टा ६ मिनेटमा सरगरमाथा आरोहण गरेर गिनिजबुकमा नाम लेखाएकी छिन् । 

गिनिजबुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिले यसबारे सोमबार उनलाई यसबारे खबर गरेका हुन् । उनले १५ मे २०१८ को दिउसो ३ः२० मा बेसक्याम्पबाट आरोहण सुरु गरी १७ मे २०१८ को बिहान ६ः२६ मा शिखर चुमेकी थिइन् । 

यसअघि उनले ८,२०१ मिटर अग्लो चोयु, ८,१६३ मिटर अग्लो मनास्लु, ६,८१२ मिटर अग्लो आमादव्लम, ६,१९० मिटर अग्लो अमेरिकाको डेनली, ६,०९१ मिटर अग्लो मनाङको पिसाङलगायत हिमाल आरोहण गरेकी छिन् ।





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार १९:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया