कहिलेदेखि खुल्दैछन् स्कुलहरु ?

कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनमा देशभरका विद्यालयहरु बन्द रहेका छन् । केही विद्यालयहरुले अनलाइन कक्षा सन्चालन गरिरहेका छन् । तर, कतिपय विद्यालयमा केही हुन सकेको छैन । 

अब सरकारले ८ साउनपछि विद्यालयहरुमा विद्यार्थी भर्ना लिने तयारी गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकमा विद्यालयहरु नखोल्ने तर भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुलाई ८ साउनदेखि १५ गतेसम्म विद्यालयमा जान निर्देशन पनि दिएको छ । साथै अहिले क्वारेन्टिन बनाइएका विद्यालयहरुलाई ‘डिसइन्फेक्ट’ गर्ने पनि निर्णय भएको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार २२:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया