पछिल्लो ६ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा भएको छ । यसका कारण ललितपुर र भक्तपुर भइ बग्ने नदीमा बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।
‘मनोहरा, हुनमन्ते र नख्खुलगायत ललितपुर र भक्तपुर भइ बहने प्रायः सबै नदीमा बहावको खतरा छ’, सूचनामा भनिएको छ’, ‘नदी–नालाको पानी सडक र बस्तीसम्म आउन सक्छ ।’
त्यसैले, आज बेलुकासम्म नै उच्च सतर्क अपनाउन सरकारले आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।