नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा नै आफूहरुको बटमलाइन भएको बताएका छन् । आज ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गर्न महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाउनुपर्ने बताएका छन् ।
‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा र बिस्तार तथा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो’, उनले लेखेका छन्, ‘तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।