नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘प्रचण्डलाई झुक्याएर राष्ट्रपति निवास पुर्याइएकोे होइन’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति असहमति जनाएका छन् । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष प्रचण्डलाई झुक्याएर राष्ट्रपति निवास लगिएको हो ? भन्ने प्रश्नमा भने, ‘यसका कुनै सत्यता छैन ।’ 
अध्यक्ष प्रचण्ड कसैले झुक्याएर लान नसकिने मानिस भएको श्रेष्ठको आशय थियो ।

‘अध्यक्ष प्रचण्ड झुक्याएर लैजान सकिने खालको मानिस होइन’, उनले भने, ‘उहाँ जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’

शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष प्रचण्डले आफूलाई पूर्वएमालेका केही नेताले झुक्याएर शीतल निवास लगेर फसाउन खोजेको बताएका थिए ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १४:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया