पछिल्लो २४ घन्टामा थप १५० जना कोरोना संक्रमित थपिए

काठमाडौं– नेपालमा मंगलबार थप १५० जनामा काेराेना भाइरसकाे स‌ंक्रमण पुष्टि भएकाे छ। यससँगै काेराेना संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । 

सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सोमबार थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएका छन्। 

मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १६:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया