पाँचपोखरीमा यो वर्ष मेला नलाग्ने

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनै पूर्णिमाका अवसरमा पाँचपोखरीमा मेला नभर्न आग्रह गरेको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को अवस्थालाई मध्यनजर गरी पाँचपोखरी क्षेत्रलगायतका धार्मिक स्थलमा जात्रा नभर्न आग्रह गरेको हो ।

गाउँपालिकाको हालै सम्पन्न बैठकले पाँचपोखरीलगायत अन्य धार्मिक, साँस्कृतिक क्षेत्रमा जनै पूर्णिमाको अवसरमा लाग्ने जात्रा, मेला  यो वर्ष नगर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

 

समुद्री सतहदेखि ४२,०० मिटर उचाइमा रहेको पाँचपोखरीमा जनै पूर्णिमामा मेला लाग्ने लाग्दै आएको छ । पछिल्लो समय पाँचपोखरी उपत्यका पर्यटनका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

 

सानो उपत्यकामा पाँचवटा पोखरी रहेका छन् भने त्यसको केही पर शिवपार्वतीको मन्दिर रहेको छ । पाँचवटा पोखरीलाई स्थानीयले जेठी, माइली, साइँली, काइँली र कान्छीको रुपमा वर्गीकरण गरेका छन् भने हिन्दु धर्मावलम्बीले भैरव, सरस्वती, गणेश, सूर्य र नागकुण्ड नामकरण गरेका छन् ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १६:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया