आज मध्यरातदेखि लकडाउन अन्त्य, निजी सवारीको जोर–विजोर प्रणाली हट्यो

काठमाडौं– सरकारले १२० दिन लामो लकडाउन मंगलबार मध्यरातिदेखि सकिने घोषणा गरेको छ । यद्यपि केही क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको छ । 

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडियाखाना अझै खुल्ने छैनन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को​  बैठकले निजी सवारीको जोर–विजोर हटाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को​ बैठकको निर्णय सुनाउँदै यसबारे जानकारी दिएका हुन् । 

त्यस्तै  सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार एवम् सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् ।

यातायात व्‍यवसायीले साउन ८ गतेदेखि नै लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेको भए पनि सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।

त्यसैगरी साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । भदौ एकदेखि विद्यार्थी भर्ना प्रक्रिया एवम् परीक्षाका गतिविधहरु सञ्चालन गर्न पाइनेछ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार २०:३१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया