संयुक्त राज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७ दशमलब ८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा मंगलबार स्थानीय समय अनुसार अपराह्न २ बजेर १२ बजे गएको थियो ।
भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा आएको थियो ।
उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण आउन भने बाँकी छ ।
भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।