विराट नर्सिङ होमले आफ्नै कर्मचारीमा कोरोना देखिएपछि बिरामी लुकायो

विराटनगरको विराट नर्सिङ होमले कोरोनाभाइरस संक्रमितलाई लुकाएको खुलेको छ । 

आफ्नै अस्पतालमा कार्यरत कर्मचारीको गलत विवरण दिएर विराट नर्सिङ होमले कर्मचारी लुकाएको हो । बुधबार त्यहाँ ५० वर्षका एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । तर, प्रहरीले ती पुरुष फेला पार्न सकेको थिएन । 

प्रहरीले खोजी गरेपछि विराट नर्सिङ होमले आफ्नै कर्मचारीको स्वाब टेस्ट गर्ने क्रममा गलत विवरण भरेर पठाएको खुलेको हो । प्रहरीले केरकार गरेपछि विराट नर्सिङ होमले आफ्नो गल्ती स्वीकार गरेको छ । 

भेटिएका कोरोनाभाइरस संक्रमितलाई चाहिँ अब अस्पतालमा राखेर उपचार गर्ने तयारी सुरु भएको छ ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १५:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया