काठमाडौं– प्रहरीले काठमाडौंबाट एक हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ ताँप का ४० वर्षीय ढुण्डीराज न्यौपाने विशालनगरबाट पक्राउ परेका हुन् ।
न्यौपानेले न्युरोडमा हाम्रो गण्डकी इन्टरप्रारइजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका छन् । उनको साथबाट प्रहरीले १९ लाख ९१ हजार रुपैयाँ र दुईवटा मोबाइल बरामद गरेको छ ।
न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा उनले बोकेको कालो रंगको झोला सो परिमाणको रकम फेला परेको हो ।
प्रहरीका अनुसार उनले भाइबरमार्फत हुण्डी कारोबार गर्दै आएका थिए । थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।