त्रिविमा व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि गर्ने भएको छ । डिन कार्यालयले शुक्रबार सूचना जारी गरेर सो जानकारी गराएको हो । 

त्यस्तै, स्नातक प्रथम, दोस्रो, पाँचौँ तथा सातौँ तहका सेमेष्टर परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने भएको छ । नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । 

सरकारले लकडाउन खोलेर विश्वद्यिालयहरुका परीक्षा गर्न सकिने निर्णय गरेसँगै ती परीक्षा हुन लागेका हुन् । भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन हुने भएकाले परीक्षा सञ्चालन गर्न लागिएको त्रिविले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ९, २०७७ शुक्रबार १८:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया