श्रीनगरमा भारतीय सुरक्षा फौज र आतंककारीबीच मुठभेड हुँदा दुई आतंककारी मारिए, एक सैनिक घाइते
तस्बिर : एएनआई

भारतको जम्मु–कश्मिरस्थित श्रीनगरमा भारतीय सुरक्षा फौज र ‘आतंककारी’बीच आज​मुठभेड भएको छ । सो मुठभेडमा दुई ‘आतंककारी’ मारिएको भारतीय मिडियहरुले जनाएका छन् । साथै, एक सैनिक जवानसमेत घाइते भएको उनीहरुले बताएका छन् ।

अमर उजालामा छापिएको समाचारअनुसार श्रीनगरको पारिङपोरामा आतंककारी लुकेको समाचार सुरक्षा एजेन्सीलाई आएको थियो । त्यसपछि श्रीनगर प्रहरी, सेनाका २९ राष्ट्रिय राइफल्स तथा सिआरपिएफको संयुक्त टोलीले इलाकालाई घेराबन्दी गरेर खोततलास अभियान सुरु गरेका थिए ।

यस क्रममा आतंककारी आफैंले सुरक्षा फौजमाथि फाइरिङ गरेका थिए ।

जवाफी फायरमा दुई आतंककारी मारिएको र उनीहरु लस्करका रहेको बताइएको छ । यद्यपि, आधिकारिक पुष्टि हुन भने बाँकी छ ।


 





  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १३:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया