प्रदेश सरकारको सहयोगमा मेची अञ्चल अस्पतालमा पीसीआर मेसिन


प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पीसीआर मेसिन झापा आइपुगेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले शनिवार मेसिन जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका पोर्तेलले जानकारी दिए ।

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रवार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

 

झापामा कोभिड–१९ को परीक्षण गर्ने अर्को पीसीआर मेसिन कन्काईको समर्पण भवनमा जोड्ने काम सम्पन्न भइसकेको छ । ‘एकका लागि एक अभियान’ले उक्त मेसिन जनस्तरमा चन्दा संकलन गरेर खरीद गरेको हो । अभियानका संयोजक महेन्द्र गिरीले जनस्तरबाट किनेर जडान गरिएको पीसीआर मेसिनसमेत प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिने बताए ।
 





  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १३:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया