नागपञ्चमी मानव र प्रकृतिबीचको सम्बन्धको पर्व : अमेरिकी राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी नेपालका विभिन्न अवसरलाई प्रायः सम्झिने गर्छन् । यसैबीच, उनले नागपञ्चमी पर्वको अवसरमा नेपालीहरुलाई शुभकामना दिएका छन् ।

आज ट्विट गर्दै राजदूत बेरीले नेपालको संस्कृतिका विभिन्न आयामबारे आफू जानकार रहेको बताएका छन् ।

साथै, उनले नाग पूजालाई मानव र प्रकृतिबीचको अनोन्याश्रित सम्बन्धको पर्वका रुपमा आफूले लिएको बताएका छन् ।

‘मैले नेपालको संस्कृतिका विविध पक्षहरुबारे सुनेको छु । यिनिहरुमध्ये अधिकांश मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धमा आधारित छन्’, राजदूत बेरीले लेखेका छन्, ‘नागको पूजा गर्ने पर्व नागपञ्चमीको शुभकामना !’

   





  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १४:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया