६ केजी अफिमसहित चार जना पक्राउ


 
जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी लागु औषध अफिमसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका– ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।

 

साउन ८ गते दाङको राप्ती गाउँपालिका रातो डाँडास्थित दक्षिणकाली सोल्टी होटलमा लागु औषधको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

 

उनीहरुको साथबाट ६ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नम्बरको मोटरसाइकल र लु१च ६१७१ नम्बरको बोलेरो जीप पनि फेला पारेको प्रहरीले जनाएको छ ।

 



 पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

 



यसअघि पनि भालुवाङबाट लागु औषधकै कारोबार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १५:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया