गण्डकी प्रदेशमा थपिए ११ संक्रमित

  
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठन पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

 

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा कास्कीमा  १ जना, गोरखामा दुई जना र नवलपरासी पूर्वमा आठ जना रहेका छन् । कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए । 

 

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३७२ पुगेको छ । शनिवार बिहान पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित गण्डकीमा ११ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १२२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

 



गण्डकी प्रदेशमा संक्रमण भएर आईसोलेशनमा रहेकाको संख्या २३४ रहेको छ । प्रदेशमा सवैभन्दा धेरै नवलपरासी पूर्वमा ३०६ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १÷१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।  गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।



  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १७:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया