त्रिविको निर्देशन अव्यावहारिकः प्राध्यापक संघ

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले प्राध्यापकलाई भदौ ७ गतेसम्ममा क्याम्पसमा अनिवार्य उपस्थित हुन जारी गरेको निर्देशन अव्यावहारिक भएको त्रिवि प्राध्यापक संघले जनाएको छ । 

संघले आइतबार विज्ञप्ति जारी गर्दै भदौ १ गतेदेखि लामो दूरीको सवारी चले पनि भौगोलिक विकटताका कारण भदौ ७ गते नै सम्बन्धित क्याम्पसमा उपस्थित हुन समस्या रहेको जनाएको हो । 

संघले यो निर्णय पुनर्विचार गर्न माग गर्दै बन्दाबन्दीको समयमा समेत कतिपय शिक्षकहरूले अनलाइन प्रविधिमार्फत कक्षा लिइरहेको कुरालाई नजरअन्दाज गरिएको आरोप लगाएको छ । 

त्रिविले शुक्रबार सूचना जारी गरेर आगामी भदौ ७ गतेभित्र आ–आफ्नो कलेजमा उपस्थित हुन र त्यसभन्दा पहिले आफ्नो पायक पर्ने आंगिक क्याम्पसमा हाजिर हुन प्राध्यापकलाई निर्देशन दिएको थियो ।





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार २०:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया