अर्थमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

अर्थमन्त्री डा. युवराज खतिवडाविरुद्ध अख्तियारमा उजुरी परेको छ । इनफ इज इनफ अभियानका अभियन्ताहरुले डा. खतिवडाविरुद्ध उजुरी दिएका हुन् ।

कोभिड १९ को महामारीमा रोकथामका लागि सरकारले निकै ठूलो रकम खर्च गरेको तर त्यसको अनुगमन नभएको भन्दै खतिवडाविरुद्ध उजुरी परेको हो । 

यो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन गरेको अभियन्ताहरुले बताएका छन् । उनीहरुले अर्थमन्त्री र अर्थ सचिवविरुद्ध उजुरी दिएका हुन् । 

उनीहरुले यो अख्तियारको कार्यक्षेत्र पर्ने भएकाले अनुसन्धान गरेर कारवाही गर्न पनि माग गरेका छन् ।





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार २०:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया