सुमदायमा कोरोनाभाइरस फैलिएको आशंकामा मेचीनगरमा ‘मास टेस्टिङ’

झापाको मेचीनगरमा आइतबारबाट कोरोनाभाइरसको मास टेस्टिङ सुरु भएको छ । पछिल्लो समय संक्रमित थपिँदै जाँदा समुदायमा कोरोनाभाइरस फैलिएको हुनसक्ने भन्दै मेचीनगरमा मास टेस्टिङ सुरु भएको हो ।

मेचीनगर नगरपालिका र स्वास्थ्य कार्यालय झापाले पूर्वीनाका काँकडभिट्टाबाट मास टेस्टिङ सुरु गरेका हुन् ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले दिएको जानकारीअनुसार आइतबार त्यहाँ १ सय १७ जनाको स्वाब संकलन गरिएको छ । यसको परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । 

शुक्रबार मात्र काँकडभिट्टामा २० जना सशस्त्र प्रहरीमा कोभिड १९ संक्रमण देखिएको थियो । त्यसपछि त्यहाँ कोरोनाभाइरस समुदायमा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

मेचीनगरमा अहिलेसम्म ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये ४६ जनाले कोरोनालाई जितिसकेका छन् । २४ जना अहिले पनि उपचाररत रहेकाे राससमा प्रकाशित समाचारमा उल्लेख छ ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ९:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया