विराट नर्सिङ होमका चार स्टाफ नर्सलाई कोरोना संक्रमण

विराटनगरको विराट नर्सिङ होम तथा विरानगर अस्पताल प्रालिका चार स्टाफ नर्सलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएसँगै अब विराटमा पाँच जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

यसअघि त्यहाँ कार्यरत एक चिकित्सकमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 

त्यसपछि अस्पतालमा कार्यरत सबैको स्वाब लिएर परीक्षण गरिएको थियो । यो परीक्षणमा २१, ३०, ३१ र ५६ वर्षका स्टाफ नर्समा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

परीक्षण गरिएकामध्ये ५४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ९:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया