सिपिएल अन्यौलबीच संगीतमा रम्दैै सन्दीप

युवा क्रिकेटर सन्दीप लामिछाने अहिले समस्यामा छन् । उनको यो सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) यात्रा अन्यौलमा परेको छ । समयमा नै हवाइ टिकट मिल्ने सम्भावना कम भएपछि लेग स्पिनर सन्दीपको सिपिएल खेल्ने सम्भावना कम भएको हो । यसले गर्दा उनी थोरै तनावमा रहेको पनि अनुमान लगाउन सकिन्छ ।

यद्यपि, सन्दीप अहिलेको फुर्सदिलो समय संगीतलाई दिएर सिपिएल अन्योलका कारण आफूमाथि परेको तनावलाई कम गर्ने कोसिस गरिहेका छन् । 
उनले हालै मात्र एउटा गीत युट्युबमा हालेका छन् । गीतको बोल छ, ‘हराएँ म !’

अडियो मात्र रहेको गीत आफ्नो युट्युब च्यानलमा हाल्दै सन्दीपले ट्विटरमार्फत आफ्ना शुभचिन्तकहरुलाई भनेका छन्, ‘आशा छ यो तपाईँहरुले मन पराउनु हुनेछ ।’

यसअघि सन्दीपले ‘बगि जाने खोला’, ‘उदास थियो’, ‘कता कता आफैंभित्र हराइरहन्छु’, ‘यो झरीमा तिमीसँगै’, ‘ताजै छ मेमोरी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

कलिलो उमेरमै विश्व क्रिकेट दुनियाँमा आफूलाई स्थापित गराउन सफल सन्दीप आफू क्रिकेटर नभएको भए गायनमा लाग्ने बताउँदै आएका छन् ।

उनी वेला–वेला गितार बजाएर गीत गाइरहेका तस्बिर तथा भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् ।




 



  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ९:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया