नेकपा विवाद : ओलीले स्थायी कमिटी बैठक स्थगन गर्न खोजे प्रचण्डले बैठक गर्ने चार नेताबीच सहमति
फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद झनै उत्कर्षमा पुगेको छ ।

आधा दर्जनभन्दा बढी पटक स्थगित भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले फेरि स्थगित गर्न खोजेमा अर्का अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डले त्यसलाई अघि बढाउने भएका छन् । यसबारे पार्टीका चार वरिष्ठ नेताबीच सहमति भएको छ । 

स्रोतका अनुसार प्रचण्ड निवास खुमलटारमा आज भएको छलफलमा सचिवालयका सदस्यहरू तथा वरिष्ठ नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले यस्तो सहमति गरेका हुन् । 

‘मंगलबारका लागि पुनः तय गरिएको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले स्थगन गर्न खोजेमा अर्का अध्यक्ष प्रचण्डले निरन्तरता दिने सहमति भएको छ, फरक धारसँग कुरा गर्दै नेकपाका एक नेताले भने ।

यी चार नेताहरूबीच आज दुई घन्टाभन्दा बढी समय भएको छलफलपछि उनीहरू यस्तो सहमतिमा पुगेको स्रोतले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १३:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया