अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप सुपर लिग गर्ने घोषणा गरेको छ ।
एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप सुपर लिग गर्ने निर्णयलाई आइसिसीले आज आधिकारिक जानकारी गराएको हो ।
लिगमा १२ टेस्ट र नेदरल्यान्ड्ससमेत गरेर १३ टोलीको सहभागिता हुनेछ ।
एसोसिएट राष्ट्र नेदरल्यान्ड्सलाई सन् २०१५–१७ को आइसिसी विश्व क्रिकेट सुपर लिगको विजेताको हैसियतले प्रतियोगितामा सहभागि गराइएको आइसिसीले जनाएको छ ।
सबै टिमले होम र अवेका आधारमा ३ खेलका ४–४ सिरिज खेल्नेछन् र शीर्ष ७ मा रहने टोली सन् २०३३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपमा छनोट हुनेछन् ।
लिगको सुरुवात यही जुलाई ३० मा इङ्गल्यान्ड र आयरल्यान्डबीच खेलबाट हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।