भदौका लागि तय भएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं– सरकारले लकडाउन खुला गरेर विश्वविद्यालयहरुका परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि कार्यतालिका प्रकाशित गरेर पूर्वाञ्चल विश्वविद्यालयले भदौदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेकोमा अब सो परीक्षा नहुने भएको छ । 

केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था असामान्य रहँदासम्मका लागि परीक्षा स्थगित गरेको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी गराएका छन् । 

सरकारले लकडाउन खोलेपछि साउन ४ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट भदौ पहिलो सातादेखि सम्बन्धित क्याम्पसहरूमा परीक्षा केन्द्र कायम गर्ने गरी सूचना प्रकाशित गरेको थियो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । 





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १६:३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया