देउवाले महाधिवेशन आचारसंहिता उल्लंघन गरेर विभाग गठन गरेको पौडेल पक्षको आरोप

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफूपक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठक बोलाउने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै उक्त बैठक आयोजना गर्ने तयारी गरेको हो । 

पौडेल पक्षले मंगलबार बैठक डाक्ने आन्तरिक तयारी गरेको छ । पौडेल समूहले सभापति शेरबहादुर देउवाले गठन गरेको विभागप्रति तीव्र असहमति जनाउँदै आएको छ । सो विषयमा मंगलबार बैठक बसेर हस्ताक्षरसहित देउवाको ध्यानाकर्षण गर्ने पौडेलपक्षको तयारी छ । 

पौडेल पक्षले सभापति निर्णय फिर्ताको मागसहित देउवालाई हस्ताक्षर बुझाउने भएको हो । १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विभागको गठन आचार संहिताको उल्लंघन भएको निर्क्यौलसहित सो समूहले निर्वाचन समितिलाई ध्यानाकर्षण गराउन मस्यौदा तयार गरेको छ । 

विधानमा २८ वटा मात्रै विभाग हुने व्यवस्था रहेको तर देउवाले संख्या बढाएर ४७ विभाग बनाएका छन् । देउवाले २० विभागको प्रमुखमा आफू निकटलाई प्रमुख तोकिसकेका छन् । महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्नेगरी विभागको संख्या बढाइएको पौडेल पक्षको आशंका छ ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १७:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया